अनिकालको बीउ – युवराज नयाँघर

साहित्य नेपाल September 6, 2017 कथा

आकाश हेररिहेकाहरू धर्ती हेर्न थाले ।
पानी नपरेर धर्ती फुटिरहेथ्यो पटपटी । बल्ल मौसम बदलियो र पोखियो दसैँभर ि। आकाश नबर्सिउन्जेल जताततै त्राहिमाम् । सबै भर माथिकै । मास् ितरबाट थोपै नचुहिएपछि परेन त बित्यास ।
तै मनसुन ओर्लियो ।
अब जताततै आशा सगबगायो । फाँटमा रोपो सर्ने छ । विस् तारै हरयिाली छरएिर बीउले पाउने छ सार्थकता । अनि मंसिर भित्रिनेछ विस् तारै । लहलह धानको बयेली देख्न पाइनेछ । नजानिँदो शारदीय स् वाद माटोको महकबाट फैलिनेछ । यही आशामा प्रतीक्षा थियो पानीको ।
हजार तिर्खाको प्याकप्याकीले गाँजेको थियो । काकाकूल तृष्णामा वरपरका रहर रोगाएर मरे । जल सिञ्चन गर्ने आधार कतै भएन, कुनै स्रोत देखा परेन ।
जताततै पर्खिने काम मात्रै भयो । अनेक तर्कनामा समयका फग्लेटा पल्टिन्छन् । थुप्रै अपसकुन र चहर्‍याउँदा घाउका पत्रे दुखाइ छन् । कुन समयका सत्तोसराप हुन् यी ?
पानी पर्खाइ हो । बीउ आधार हो ।
यी दुवैलाई जे जसरी हेरे पनि हुन्छ । जुन परेलीका विम्बले हेरे पनि हुन्छ । जहाँको मनले बेलिविस् तार लाए पनि हुन्छ है । समयले धरधरी रुवाएको यो निष्ठुरी क्ष्ाणमा गाँठो भएको तर्क फुकाएर पोखिरहेको छु ।
कति असंगत स् िथति छन् यी दुई पदावलीमा । प्राप्य र अप्राप्यको दोहोरो लुकामारीलाई एउटै हत्केलामा नराखी नहुने ।
समयको बिजोग सम्बोधन अनिकाल । बीउ भविष्यको जोहो । हामी यिनै दुई शब्दका नापजोखमा परेका छौँ पटक-पटक । यिनै दुई शब्दका चेपुवामा परेली खोल्ने, ढप्काउने काम गररिहेछौँ हामी । आशा, निमुखा र आशामुखीका चरत्रिमा जेलिएर लामबद्ध छौँ हामीहरू ।
मेरा वरपर थुपै अनिकाल र सहकाललाई प्रशस् त भागमा व्याख्यान गरेर वाणिज्य चम्काउनेहरू छन् ।
बीउ बेच्नेहरू छन् । अनेक मौसम अनुकूलका । अनेक भूगोल सुहाउँदा । अनेक रोग निरोधक । अनेक स् वादले सम्पन्न ।
दक्ष्ािणका बीउ । उत्तरका बीउ ।
हामी जताततै अनिकालका डरलाग्दा गाडे घाउले अलमलिइरहेकाहरूलाई बीउ बेच्नेहरूले मीठो बोलिदिए हुनसम्मको ओखती । हामी जहाँसुकैबाट सहकाल नपाएर थिलथिलिरहेकाहरूलाई बीउको बखान भइदिँदा नि कति धेरै मल्हमपट्टी हुने । अन्न नहुने होइन हाम्रो ।
सग्लोभन्दा कुहाएर खान गौरव लाग्छ हामीलाई । जति धेरै घ्याम्पामा सडायो, उति पुरुषार्थ गरेको ठान्छौँ हामी । पछाडि सर्दै गएकामा कुनै दिन हाम्राे हृदयले आपत्ति गर्दै गरेन ।
चोटको सानो कथा यो पनि हो नि ?
हुनु बेग्लै कुरा हो । नभएकोलाई अनाहकमा ‘हो’ भन्ने पार्नु कति कठोर व्यंग्य हो । देशका धेरै ठाउँमा उब्जाइएको छ अनिकाल । अनि, जोगाएर राखिएको बीउ खान, बाँड्न र लुछालुछमा जमजमाएका हात हेरेर उराठ लाग्छ ।
आमाले भनेको सम्झन्छु, अनिकालमा बीउ जोगाउनु, हूलचालमा जीउ जोगाउनु । यसरी जोगाएको वस् तु काम लाग्छ ।
नेपाल कृषिप्रधान देश । उत्पादन, आम्दानी, क्रय-विक्रय, नाफा-मुनाफा वा अर्थतन्त्रको ठूलो हिस् सा त्यसकै सेरोफेरोमा दगुरेको छ । राष्ट्रले चकमन्नपूर्वक त्यही परम्परागत बाटोमा उत्पादनको मूल्य स् वीकारेको छ । उही ढर्रा, उही ढाँचा ।
यसलाई नयाँ विन्दुबाट हेर्दा देखिन्छ, मुख बाएका जनताको अतृप्त आकांक्षा अर्थात् जनता । राज्यको आश्वासन र योजना बीउ । परस् पर यी दुवैमा दुई गोलार्द्धको अवस् था छ, स् िथति छ अनि प्रलेख छ ।
पानी नपर्नु अस् वाभाविक होइन । स् वाभाविक त्यहाँनिर लाग्दैन, छङ्छङाउँदा खोला बगेका बगेकै छन् । नदीमास् ितरका खेतमा पटपटी फुटेका गरामा धानको बीउ सुकेर गएको छ । प्याकप्याकी भएका गराका कलिला बिरुवा पक्कापक्की मर्दैछन् ।
म बाँचेको युग अनिकालको विपक्षमा छ निरन्तर । तर, अर्को गोप्य पक्ष छ, जसले अनिकालको कामनामा थुप्रै प्रतिवेदन तयार गर्छ, खेस्रा कोर्छ र नमुना पत्र निर्माण गर्छ ।
अनि हात परगियो माथि ।
एकातिर प्रकृतिको असन्तुलनले पानी पर्दैन । जलबिनाको धर्तीमा भनेजस् तो अन्नपात नहुने । भइहाले मानोको सट्टा मात्र मुठी । मुरीले नै हिउँद नघाउन हम्मेहम्मे भइरहेका बखतमा मुठीले कसको मुख टाल्ने, कसको मुखमा बुजो लाउने, कसको भुँडी उकास् ने ।
बाँडचँुडभन्दा पनि सेरोफेरो सबै मेरो भन्ने सभ्यता घरभित्र पसेको पसेकै छ । ‘लुटी ल्यायो, भुटी खायो’ संस् कृतिलाई टाउकोमा टेकाएर हाम्रा अगुवाहरूले नजित्ने काम गरे, धेरैअघिदेखि । अब त यो अधिकार पो बन्न पुग्यो ।
अनिकाल त एउटा प्रतीक ।
पराजय हो, अनिकाल । अविकास हो अनिकाल । उपेक्षा हो अनिकाल । नालायक हो अनिकाल ।
एउटा सानो अर्थ बोकेर बाँचेको शब्दले सभ्यता डोर्‍याउँदैन । एउटा लघु शब्द बोकेर दगुरेको अर्थले संस् कृति बोक्दैन ।
के एकपटक विचार नगर्ने ?
वास् तवमा खुवाउने बानी गरेको हामीले नै हो । हुम्ला, जुम्ला, जाजरकोट वा मुगुका रुवाबासीमा अनिकाल ओर्लिएको ऊ बेलैदेखि हो । रोल्पा, रुकुम, मुस् ताङ, मनाङका हिंक्कामा सहकाल बेपत्तिएको धेरैअघिदेखि नै हो । खालि चिन्ता पोखियो, चेतना पोख्न सकेनौँ हामीले ।
आखिर सबैलाई थाहा भएकै कुरा । अनिकाल चाल मारेर आउने होइन क्यारे ! त्यसो भने बीउको जोहो बेलैदेखि किन नभएको, जोगाएको बीउ पुनः फलाउने प्रचेष्टा नभएको किन नि ?
अनिकालको पक्ष्ाबाट उठेको स् वर यो ।
के गीत गाइरहने अभावकै ? के फलाको हालिरहने बिजोगको ? के रडाको मच्चाइरहने अनिकालको ? के सुकसुकाइरहने बारम्बार ? के परम्पराको जयगानलाई रोगी छातीले स् वीकाररिहने घरी घरी ?
हरेक दस वर्षमा हाम्राे समाजले केही प्रश्न गर्ने गरेको छ । कुर्सीका वरपर बस् नेले प्रश्नकर्तालाई राम्राे उत्तर पनि दिँदैन, प्रश्नै पनि राम्ररी भट्याइएको हुन्न । विचारको अनिकाल, दृष्टिकोणको अनिकाल, विवेचनाको अनिकाल र विद्रोहको अनिकालले परपिाकबिनै निकास पाउँदै आएका छन् ।
ती चिन्ताहरू फगत भएका छन् कट्मिरा युद्ध ।
रूपान्तरणले बीउ सक्ने होइन, बचाउको कुरा गर्नुपथ्र्यो । परविर्तनले बीउ उखेल्ने होइन, संरक्षणको स् वर उराल्नुपथ्र्यो । फेरबदलले बीउ मास् ने होइन, पालन-पोषणको नीति बनाउनुपथ्र्यो । खिन्नता यसमा लाग्छ, माथि उठेका जिज्ञासा कानछेउमा पुग्नुअघि नै बतासको भेलमा बगेर गए ।
अनिकाल कुनै अन्नको सापेक्ष्ा शब्द हो भन्ने ठान्दिनँ म ।
समाज धेरै कुराले प्रताडित छ । बेरोजगारीको भार । दिशाशून्य अवस् थाको राजनीति । मागको थङ्थिल्याइमा नउठेको उद्योग । हतोत्साही युवा जमात । छिनोफानो नभएको सामाजिक चरत्रि ।
यी सबै अनिकालका अंग हुन् । अर्को अर्थमा अनिकालका आत्मा हुन्, चरत्रि हुन् र अवतार हुन् ।
रह्यो बीउको कुरा ।
बीउ कति संकटग्रस् त नाम ! कति अस् ितत्वपूर्ण परचिय ! कति संरक्षणयुक्त आवश्यकता !
सन्तान भनेको पनि अनिकालको बीउ समानै हो नि ! सबथोक स् वाहा पारी अभिभावकले सन्तान पढाएकै हुन्छन् । रत्तिो वर्तमान र पिलपिल आशा राखेर बीउका खातिर खन्याएको सर्वस् व हरेक दिनबाट घटेर छिनमा अवाक् बन्दैछन् ।
जम्मै सुम्पने भए राज्यले के पाउने ?
उही बाँझो खेत । उही पोगटा धान । उही पानीशून्य नहर । उही खाली पाना । उही रत्तिो आँगन ।
जुन गतिले युवा संसार मोहभंग भएर आँगन छोड्न लालायित छ, भोलि प्रश्नहीन उत्तरले नारा लगाउने छन् । अनिकालको बीउ, यतिखेरसम्म हाम्रा लागि जनबोलीको सामान्य खिसीट्युरी वा किस् सामा ओर्लिएको छ । भोलि यसले जीवनशैलीको मानक प्रश्न गर्ने छ ।
अनिकाल लागेपछि ढिकीले आराम पाउँछ । समाजले सजिलै भन्ने गर्छ, अनिकालको ढिकी डङ्रङ्ग लडेझैँ ।
चरत्रिमा ढुसी लागेपछि अनिकालका भोकाले हात नउठाई किन बस् थे र ? स् वाभिमानको मूल्य खोसेपछि अनिकालका पीडितले दाह्रा नकिटी किन सहन्थे र ? परचियमा खित्का छोडेर स् वार्थ सुम्पेपछि अनिकालका घाइतेले कसरी मौनतामा बस् न रुचाउँथे र ?
देश, समाज र व्यक्तिको प्रवेश अनिकालतिर छ निरन्तर गतिमान ।
व्यक्तिको इच्छा अनपेक्षित हुँदो छ । समाजको संरचना कुण्ठाग्रस् त बन्दो छ । देशले दिशाहीन चरत्रिमा बगाउँदो छ आफूलाई ।
हामी आफ्नै ज्ञान र इतिहासले सुसंस् कृत वर्ग हौँ, जाति हौँ र सम्प्रदाय हौँ । हामीले धेरैपटक अनिकाल जितेर ल्याएका थियौँ सहकाल । मसिना-मसिना स् वार्थलाई अगाडि बढाएर आजको उज्यालोसम्म अनिकाल जित्ने होइन, घुँडा टेक्न हातको बीउ नजोगाउने, सुकाउन उद्यत योजना देखेकै हुँ ।
हिजोआज सबैको हरहिसाब छ, बनाऔँ हैन बनुँ । यो एक वचनको घेरोमा उच्चारण हुने क्रियापद पर्‍यो । अरू भर्सेलै परुन् भनेपछि अनिकालको बीउ जोगिन्छ कसरी ?
झन्डै एक वर्षको भयानक खडेरीपछि पानी पर्‍यो । सबैले प्रार्थना गरे, धुप चढाए, नांगै दगुरे, स् त्रीले खेत जोते । अध्यात्म लागिपर्‍यो बीउ सुक्न नदिन । अन्तिम आधारै सुके भविष्यको ढोकै बन्द हुने । भोलिको प्रभातै देखिन्न भने किन मास् ने बीउ ?
समाजको सबभन्दा श्रमशील वर्ग अनिकालको बीउप्रति सतर्क रह्यो । उसले बुझेको ज्ञान यस् तो छ, घर पोलेपछि खरानीको के दुःख ।
बाटो, बस् ती, भन्ज्याङ, आँगन सबैतिर अनिकालबारे चर्चा छ । पिँढी, दलान, बुइँगल, पेटी, कोठा जतासुकै बीउबारे चर्चा छ । अनिकाल त समयको अस् िथर भेल हो, यो दीर्घकालसम्म रहँदैन । बीउ त भविष्यको मौसम हो, सुगन्ध हो, फल हो र स् वाद हो । यसको मर्मलाई बिर्सनु कसरी ?
यही हो महत्त्व बुझाइ ।
मलाई देश र संस् कृतिले आबद्ध यो युगलाई केही कुरा किन नराख्ने भन्ने भइरहन्छ । देश हाम्रा लागि दुर्लभ र पि्रय हो । अर्थात्, अनिकालको बीउ ।
भर्खरै एक तमिलको मत जानेँ अखबारमा ।
‘छालाजस् तै त हो देश । मैले परचिय दिनै नपर्ने । रङ, छालाको बोली, बनोट र स् वीकार नै देश रहेछ ।’
तिनले भनेको भावनाको मूल्य उच्च र व्यावहारकि लाग्यो मलाई । नबोलेरै भनिएको अनन्यतम् तर्क र दर्शनजस् तो ।
परविर्तनलाई झरी भन्ने गरेको छु मैले । हरेक गर्मीमा निरन्तर चुहिने बर्खामासको पानी । तर, त्यसले पारेको दुश्चरत्रिको सूची कति बनाउने होला ? बाढी, लामखुट्टे, रोगव्याधि, महामारी, हैजा वा पहिरो आदि देखिने प्रकोप परे, विनाश परे ।
महासंकटबाट जोगिएको देश र संस् कृति । अर्थात् अनिकालको बीउ । यसैमाथि सर्वत्र हमला भइरहे, बीउले अस् ितत्व बचाउला कसरी ? माटोको भर पाउला कहिले ?
वसन्तको सुगन्ध आउँछ ? शिशिरको ठिही खप्छ ? शरदको महकिलो कुइरो भेट्ला ?
माटोको चिस् यान भेट्न बर्बराइरहेको अनिकालको बीउलाई छहारी नदिएर तातो पानी खन्याउन जमजमाएका हातलाई सिक्री लाउने कसले ? खरानीको तातो भुतभुते हाल्न व्यग्र हातलाई नेल ठोक्ने कसले ?
भावनामा बहकिने जाति परेछौँ हामी । जसले जताबाट र जहिल्यै नि हावाको एक झोँका चलाई मात्र दिए पनि हाम्रा निम्ति पुग्यो, केही समयभरलिाई विषय पुग्छ । हामी उम्लिरहन्छाँै, पोखिएको जानकारी अरूले दिनुपर्छ ।
कत्रो सोच र चिन्तनले जत्रै अनिकालमा नि बीउ बचाइएकै हो । तर, अचेल फलाउने र फुलाउने निहुँमा बीउलाई घनघोर बाढी र उल्कापातको भुवरीमा पारएिको छ । बीउले पानी मात्र पाएको छ, माटो पाएकै होइन । पाइहाल्ने छनकसमेत देखिएको छैन ।
सलह पसेको छ, बीउ जोगाउने कि अंशको भाग खोजिरहने ? अथवा बीउको रूप विवादमा फँसिरहने ? मुलुकभित्र उठेका आवाजले मायाभन्दा मलामी जान हतारएिको लाग्दैन र ? कसले सुन्ने यो आर्तनाद !

 

-युवराज नयाँघर

Please follow and like us:
51 Readers have read this post.

Related Post