अर्फाको चिठि

परि पुस्पी साहित्य नेपाल August 23, 2017 कबिता

बा,
हजुर माथि आकाशमा
ठूलो हवाइजहाज चढेर
कतैपर पुगेपछिका
हरेक महिनामा
हाम्रो घरमा नयाँ नयाँ सामान आइरहन्छन् ।

आमाले म भन्दापनी ठूलो
गुडिया किनिदिनु भएको छ,,
तर बा
तिनीहरु म सङ खेल्नै मान्दैनन,

आमाले हरेकपटक हाटबजार जादा
धेरै कठपुतलीहरु ल्याइदिरहनुहुन्छ,,
तर बा
यिनिहरु पनि म सङ बोल्नै खोज्दैनन।

एउटा साइकल छ,
मैले हटहट घोडा भन्दा
हिड्छ मात्रै,,
मलाई हेरी मुस्कुराउदैन।।

बा अब मलाई
हरेक महिना हरेक पटक
नया सामान हैन,,
एकपटक हजुर
घर आइदिनुस।

परि पुस्पी
प्युठान

Please follow and like us:
80 Readers have read this post.

Related Post