गजल

परि पुस्पी साहित्य नेपाल August 23, 2017 गजल

पतिको चितामाथी श्रीङ्गारको,,सन्दुक राखेर ।
खैके सिकायो परेवाको पाउमा,,बन्दुक राखेर ।।

हार्नुजित्नुले उस्को जिबनमा,,कति फरक पार्यो ,
फेरि बाजिहान्यो देशको,,तमशुक राखेर ।

बर्षौदेखी चलिरहेको,,सम्बन्ध टुटेको खबर आयो ,,
कारणमा जुकरबर्गको,,फेसबुक राखेर ।।

भोक खाएको त भोकै सुतेको कुरा,,पत्रमा पठाउदा ,
सरकारले काट्यो चलानी ,नुनचुक राखेर ।।

आज फुलले भन्यो,,म बेहिसाब फुलिदिन्छु ,,
कोकोछौ आउ चुडाउन,,इच्छुक राखेर ।।

परि पुस्पी
प्युठान

Please follow and like us:
51 Readers have read this post.

Related Post