गजल

परि पुस्पी साहित्य नेपाल August 23, 2017 गजल

उ एक्कासी टाढिन खोज्यो,शहर आएपछी ।
म पनि बदलिए त्यस्तै,प्रहर आएपछि ।।

आज फुलले पनि हिम्मत गरेन ,र इच्छामृत्यु माग्यो,
मालीबाटै अमृत लेपन ,जहर आएपछि ।।

अचेल नास्तिकहरु पनि,मन्दिर मस्जिद चर्चमा भेटिए,
एकाएक धर्मको ब्यापार हुने,लहर आएपछि ।।

छाकटार्न पुगेकै मदन पनि,ल्हासा भासियो,
मुनाना सजिने छुट्टै ,रहर आएपछि ।।

मेरै अगाडि बिज्ञान ,,आत्तिएको छ प्रेमसङ,
सानो मुटुमा मान्छे अटाएको,खबर आएपछि ।।

परि पुस्पी
प्युठान

Please follow and like us:
57 Readers have read this post.

Related Post