गजल

परि पुस्पी साहित्य नेपाल August 23, 2017 गजल

म मुर्ख पनि एकदिन,,विद्वान बन्नेछु ।
अनि मृत्युलाई बचाउने,,बिज्ञान बन्नेछु ।।

पहिले हामी मान्छे हौ,भन्ने बुझ्यौ भने,,
तिमि मेरो गीता बन्नेछौ,,म कुरान बन्नेछु ।।

मान्छेमा बिश्वास उडेरहोला,पथ्थर भन्दैथियो,,
निर्जीव म,फुलको भरमा ,,भगवान बन्नेछु ।।

सम्पूर्ण रहर बचाएको,मेरो मुटु बोल्यो ,,
हेर्दैजाउ म यिनै रहरको,चिहान बन्नेछु ।।
परि पुस्पी
प्युठान

Please follow and like us:
84 Readers have read this post.

Related Post