गजल

अपि अप्सरा साहित्य नेपाल August 23, 2017 गजल

उनको मनले यो मन सँग रमाउछु भन्दा
मख्ख परे म उनले सपना सजाउछु भन्दा

दुख सुख जिन्दगी, कहिले उकाली ओराली
माया फुल्ने बाटो अनि शितल दिने छाहारी
त्यही बेला उनले मेरा हात समाउछु भन्दा
मख्ख परे म उनले खुसी सजाउछु भन्दा

गलामा पोते शिरमा मेरै नामको सिन्दुर अनि
सात जन्म सात कसम अटुट हाम्रो साथ पनि
त्यही वाचाले जुनीभर साथ निभाउछु भन्दा
मख्ख परे म उनले यादहरु सजाउछु भन्दा
उनको मनले यो मन सँग रमाउछु भन्दा
मख्ख परे म उनले सपना सजाउछु भन्दा

अपि अप्सरा
गोरखा

Please follow and like us:
60 Readers have read this post.

Related Post