गजल

परि पुस्पी साहित्य नेपाल August 23, 2017 गजल

खाली सिउदो भरिभरी लाग्छ,,जब हजुर आउनुहुन्छ ।
मुस्कानओठको वरिपरि लाग्छ,जब हजुर आउनुहुन्छ।।

थोरै लाजको घुम्टो ओढि,पाउजु बजाइ श्रीङ्गारमा,,
सजिउ घरीघरी लाग्छ,जब हजुर आउनुहुन्छ ।।

म बोल्न केही सक्दिन,त्यो नजरले नै घायल हुन्छु,,
देख्दाआफैलाइ बिचरी लाग्छ,जब हजुर आउनुहुन्छ ।।

यार यो मौसम अलिक,बैमान देखिन्छ हाम्रो केशमा,,
चैतबैसाखमै झरी लाग्छ,जब हजुर आउनुहुन्छ ।।

म प्रेममा पागल भए,,वा प्रेमले पागल बनायो,,
पथ्थर पनि फुल सरि लाग्छ,हब हजुर आउनुहुन्छ ।।

परि पुस्पी
प्युठान

Please follow and like us:
103 Readers have read this post.

Related Post