बगेर जानेप्रति

साहित्य नेपाल September 4, 2017 कबिता

छोरा ! बाबु !

म आँसु झार्ने अवस्थामा छैन
आँसु राख्ने सक्ने अवस्थामा पनि छैन ।
तिमी,
बग्दै गरेको धमिलो पानीमा ताराझैं चम्किँदै बग्नु
बग्दै गरेको धमिलो पानीमा ज्योति छर्दै बग्नु
मेरो आँखामा सुकेको आँसु
आज, तिमी जाने स्वर्गमा पुर्‍याउने पानी भएर बग्दै छ ।

तिमी,
त्यहाँ पुगेर–
चरा हुनू,
फूल हुनू,
तारा हुनू
र, चन्द्र भएर चम्किनू
म चराको आवाज सुनेर तिम्रो बोली सम्झन्छु
म फूलको सुगन्धमा तिमीलाई अनुभूत गर्छु ।
म तारा हेर्दा तिम्रो आँखाको ज्योति र
चन्द्रमा तिमी आमाको न्यानो अँगालोमा भएको देख्छु ।

छोरा ! बाबु !
ज्ञानी भएर, स्वर्गतिर बग्दै जाऊ
स्वर्गमै फुल तिमी
मेरो सुक्खा आँखाको डिलमा आँसु रूझेको दिन
छोरा ! मेरो मायालु बाबु !
तिमी स्वर्ग पुगेको अनुभूत गर्नेछु ।

 

 

सगरमाथा गुरुङ

Please follow and like us:
54 Readers have read this post.

Related Post