बोझ

साहित्य नेपाल September 7, 2017 लघुकथा

केही सैनिकहरुले जब आफ्नो दुश्मनको इलाकामा हमला गरे, अनि त्यहाँको एउटा किसान दगुरेर आफ्नो खेतमा आफ्नो घोड नजिक पुग्यो र त्यसलाई समात्ने प्रयत्न गर्न थाल्यो तर घोडा काबुमा आइरहेको थिएन ।
किसानले भन्यो, मूर्ख, त मेरो हात लागिनस भने शत्रुहरुको हात लाग्नेछस् ।
दुश्मनले मेरो के गर्ने हो र घोडाले भन्यो ।
उसले तँलाई भारी बोकाउने छ, अरु के गर्ला त
अनि के म तिम्रो भारी बोक्दीन र घोडाले भन्यो, मलाई के फरक पर्छ र म कसको भारी बोकीरहेछु भनेर ।

– लियो टाल्सटाय

Please follow and like us:
56 Readers have read this post.

Related Post