मुक्तक

साहित्य नेपाल September 9, 2017 मुक्तक

दुइ आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो,
तिमी आफू मालिक भैगयौ, सरकार पो किन चाहियो ।

पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो ।।

 

म तिम्रा अघी पर्न लायक् कहाँ छू,
यसैले अघी सर्न लायक् कहाँ छू ।

हुकुम हुन्छ तिम्रो त हाजिर छदैछू,
बिना मर्जी आँट गर्न लायक् कहाँ छू ।

 

मोतीराम भट्ट

Please follow and like us:
58 Readers have read this post.

Related Post