शिक्षा

साहित्य नेपाल September 9, 2017 हास्यव्यङ्ग्य

पण्डित जी : शास्त्रमा लेखिएको छ कि श्रीमान श्रीमती भनेका  एकै रथका दुइ पांग्रा हुन् . यदि यी मध्ये एक बिग्रियो भने रथ  चल्दैन . यसबाट तिमीले के शिक्षा पायौ ?

सेरे : मैले यसबाट  के शिक्षा  पाए भने , हामीले  एउटा अतिरिक्त पांग्रा सधै जगेडा राख्नु पर्छ.

 

Orange र Apple
काले : ल भन त गोरे Orange र Apple मा के फरक छ ..???गोरे : थाहा छैन तैले नै भन न ..??

काले : Orange को कलर Orange नै हुन्छ तर Apple को कलर भने Apple हुदैन ..!!!

दात माझ्दै छ 
शहरमा बसेकी कालिको  गाँउको झिल्के काले सित बिहे भएछ ।
अर्को दिन बिहानै  सासुले कालीलाई भैसिलाई घास हालेर आइज भनिछन ।घास हाल्न गएकी काली भैसीको मुखभरी फिजैफिज देखेर फर्किछिन ।

सासु: के भो बुहारी यती छिटै घास त दियौ नि ?

काली : नाई आमा ।
सासु : किन नि ?

काली : भैसी अहिले दाँत माज्दै छ ।
Please follow and like us:
54 Readers have read this post.

Related Post