गजल

परि पुस्पी साहित्य नेपाल August 23, 2017 गजल

राम्रो बहस गर्नसक्ने,वकिल हुनुपर्छ ।
मेरा विरुद्धका प्रमाणहरु,दाखिल हुनुपर्छ ।।

मलाई जन्मकैदको सजाय पनि,,,मन्जुर छ श्रीमान
बस् ,म बस्ने कारागार ,उस्को दिल हुनुपर्छ ।।

तिमिसङका हर यात्रामा म,पाइला चाल्न तयार छु,,
तर हामी आफैनै एकाअर्काको,मन्जील हुनुपर्छ ।।

हामी प्रेममा यसरी ,समर्पित हौ कि भविष्यमा
बिछोडको कल्पना मात्रैपनि,मुस्किल हुनुपर्छ ।।

म त चरी हु ,केवल उड्नुछ खुला आकाशमा
पागलपन सम्हाल्ने कुरामा तिमी ,,काबिल हुनुपर्छ ।।
परि पुस्पी
प्युठान

Please follow and like us:
70 Readers have read this post.

Related Post