Uncategorized
ट्रेन्डिङ

“कहिले काँहि धन पनि बाधा बन्छ।”


  कुनै कुनै व्यक्ति खाली धन कमाउन मात्र लाग्छन् ।कसरी धन जम्मा गर्ने भन्नेबारे मात्र  ध्यान हुन्छ,त्यस्तै एक व्यक्ति  सेठ थियो  ।ऊ सधैं धन बढाउन मात्रै पछि लाग्थ्यो,जसरी पनि सम्पत्ति मात्र जोड्ने खर्च नगर्ने उस्को बानी थियो ।उस्ले कहिले पनि धर्म कार्यमा या परोपकारमा धन खर्च गरेन ।नत भगवानमा भत्क्ति न सत्संगमा रूचि। नगरवासीले उसलाई  ज्यादा धनको आशत्ति  देखेर धन पिसाच भन्दथे ।उसको नाम गोपाल थियो ।एकदिन गोपाल भोग विलास एवम् ऐश्वर्यको मातले गर्दा  विरामी भयो ।ठुलै रोगले उस्लाई छोइसकेको थियो ।अब उ विचार गर्न लाग्यो “मैले कहिले राम्रो काम गरिन ,भगवानको पूजाआजा पनि गरिन गरीब दुखीलाई कहिले केहि दिइन ।अब अन्तिम समयमा यो धनको के काम “यहि विचारमा उस्को ध्यान पर्यो । त्यहि बेलामा उस्ले कहिँ बाट भगवानको भजन मिठो स्वरमा  गाइरहेको सुन्यो ।भजनको भाव के थियो  भने ‘अन्तिम समयमा न परिवार ,न साथी भाई कसैले पनि साथ दिने छैन ।सबै कर्मको फल मात्र हो । सबैले पाप र पुण्यको फल मात्र  पाउने हो ‘यति कुरा सुनि सकेपछि  सेटले  भजन गाउने व्यक्तिलाई आफ्नो घरमा बोलाउन आफ्नो सेवकलाइ भन्यो । सेवक भन्छ “उ कुनै गीतकार होइन जुत्ता सिलाउने साधारण मानिस हो। उ आफ्नो काम गर्दै मस्त सँग भजन गाउदै गर्छ” सेट भन्छ “जे होस उस्लाई  भित्र बोलाएर  ल्याउ”ठिक छ भन्दै सेवकले उस्लाई बोलाएर ल्यायो ।सेटले उस्लाई आदर सत्कार र नम्रताका साथ सुवर्ण मुद्रा दिदै भन्यो “हेर तिम्रो मधुर कण्ठले गाएको भजनले मेरो मनलाई निकै शान्ति दियो भोलि फेरी आएर भजन सुनाउ है तिमीलाई इनाम दिउँला “। तिन दिन पछि मोची सेठको पास आयो र सुवर्ण मुद्रा फिर्ता दिदै भन्यो “यस सुवर्ण मुद्राको रक्षाको  चिन्ताले गर्दा म त भगवानको भजन गर्न पनि सकिन मस्त सगं आनन्दले सुत्न पनि सकिन सम्पत्ति र धेरै धनले आनन्द मिल्न असम्भव रहेछ कसरी रक्षा गर्ने भन्ने चिन्ताले सबै सतकार्यहरू कहाँ हो कहाँ छुटदा रहेछन।मोचोको शब्दले सेठ गोपाललाई विवेकशील बनाई दियो र उसलाई सतमार्गमा लाग्न प्रेरित गर्यो ।उसले आफ्नो सबै सम्पत्ति गरिबमा बाड दियो र भगवानको भत्तिमा लाग्यो।त्यसपछि उसलाई आनन्द भयो र रोग पनि निको भयो ।  यस कथाको मुख्य तात्पर्य के हो त भने सम्पत्ति चाहिन्छ नचाहिने होइन ।खान,बस्न अथवा लत्ता कपडा भए र केहि रकम बिरामी परेको बेलामा खर्च गर्न पाइयो  र दुखीहरूको सेवामा लगाउन सकियोस अरू सम्पत्ति किन चाहियो।बैंकमा रहेको सम्पत्ति  पनि आफूले भोग गर्न  पाउने हो कि होइन के थाहा ? कति बेला के हुन्छ भन्ने कुरा कस्लाई थाहा हुन्छ र ।त्यसैले सम्पत्ति छ भन्दैमा नचाहिने ठाउँमा खर्च गर्ने होइन  आवश्यक परिस्थिति,ठाउँ र अवस्था हेरेर मात्र खर्च गर्नु पर्छ।

साभरः कल्याण
अनुवादकः शारदा रिमाल

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button