कविता

के दिदैँ छाै तिमी, सरकार ?

-प्रसिद्ध दवाडी

“शिक्षा” “शिक्षा” रहेन, कमाउ धन्दा बन्याे
गरिबका निम्ति “शिक्षा” नै “अशिक्षा” भयाे
एक असल विद्यार्थी देशमा केही नदेखेर खाडी जान्छ
१२ वर्षे पढाइलाई भन्दा आफ्नो राहदानीलाई मान्छ
१२ वर्षमा के दियौं त तिमीले?
पढेर नि देशमा टिक्न नसक्ने कस्तो पाठ्यक्रम बनायाै तिमीले?
तिम्रो पाठ्यक्रम भन्दा IELTS काे मान उच्च रह्यो
याे देशकाे सपना परदेशीकाे आँसु सँगै बग्याे।।।।

तर तिमी….
तर तिमी त रेमिटेन्स पाइयाे भन्दै मख्ख छाै
युवाहरू विदेशीयकाे हेर्दै चख्ख छाै
तिम्रो याे माैनतामा स्वार्थपन लुकेको छ
देश बाँडी, लुटि खाँउ भन्ने पिचासी साेच घुमेकाे छ
हाेसियार!!!! हामी जस्ता युवाहरू आउदैँ छाैँ देश बनाउन
हेराैँला कति दिन सकाैला लुट धन्दामा रमाउन
तिम्रा यी नियतिकाे एक-एक हिसाब हुनेछ
नेपाली-आमा साथै सहिदको अश्रुले आगाेसरी पाेल्नेछ।।।

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button