कविता

गणतान्त्रिक फल

- प्रसिद्ध दवाडी

सत्तामा पुग्छ ऊ
जाे गुण्डा, फटाहा छ
उसकाे विरुद्ध केही बाेले
जनताकाे जीवन स्वाहा छ
मन्त्री पाउने पनि उहीँ , सत्तामा रमाउने पनि उहीँ
जाे गुण्डागर्दी गर्छ के तिनै हुन् पद पाउन सही??

काेही उसकाे विपक्षमा बाेले
सडकमा आन्दोलन गर्दै सरकारकाे पाेल खाेले
राेजगारी देऊ भन्दै कराउँछ जाे-ले
उपहारमा स्वर्ग पाउने छाै
धुलाे सरि क्षणभरमा अस्ताउने छाै
तिम्रा रहर र सपना वायुमा बिलाउने छन्
तिम्रो न्याय खाेज्दा दाेषीलाई संरक्षण दिलाउने छन् ।।

राणाभन्दा रमाउने शासक ल्यायाैँ
राजा फालेर हामीले के पायौँ?
पाए उनैले जाे सत्ताकाे वरिपरि छन्
जनता त अझै पनि भाेकमरि मै छन्
हामी शाेषित थियौँ शाेषित नै रह्याै
केबल शाेषककाे अनुहार फेर्न गणतन्त्र राेज्याै।।।

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button