कविता

नगाराे- प्रणय देव कवि भद्र श्री “प्रणु”

अष्टमी काे दीन बिहानै आमा ले पूजा सीधाउनु भयाे ।
म झन झन निन्द्र मा थीए आँखा हरु बन्द थीयाे ।
‌आँखा का परेली एक आपसमा बाँधिएकाे थीयाे ।
चीर विर चरा हरु काे आवाज हरु गुञ्जदै थीयाे ।
सूर्य काे किरण हरु मन्द थीयाे सीराेठाे सुस्त सुस्त चल्दै थीयाे ।
फूल हरु काे पात हरु हरिया दुबाे हरु मा शीत का लहर हरु उस्तै थीयाे
म ओछ्यान मा लामाे सास फेर्दै लुटपुटु गर्दै थीए
अचानक नगरा बज्यो म ब्युझीए
नगरा काे आवाज ले मन मा एउटा शान्ति ल्यायाे
म बिस्तारै आँखा खाेले बाहिर नगाराे नगरा बजैरहेको थियो
च्यात्तिएको टाेपि महिलाे इष्ट काेट अनि फाटेकाे जुत्ता
नगराे जुठे दमाई नगरा बजाइ रहेकाे थीयाे
जुठे दमाई काे नगरा मा एउटा प्रेम थीयाे
आन्दित सुवास काे कम्पन थीयाे ।शान्ति थियो
आमाले नगाराे लाई तलबारि काे मकै काे ठुलो घाेगा दिनुभयो ।
जुठे दमाई काे नगरा मन सम्म गुञ्जीरहेको छ।
जुठे दमाई काे नगरा ले गाउँमा शान्ति फैलिएकाे छ ।
नगरा काे आवाज प्रत्येक आगन प्रत्येक घर सम्म गुञ्जीरहेकाे छ ।
जुठे दमाई नगरा लगाउदै गाउँमा बाटोमा गल्ली मा सन्देश पुराएकाे छ
गाउँ घर मठ मन्दिर सबै शुभकार्य मा जुठे दमाई नगरा लगाउथियाे ।
विडम्बना नगरा लगाउदै हिड्ने जुठे दमाई लाई
आज धाराे मा पानी छाेइएकाे कारण गाउँ डुलाइएकाे छ ।
गजाे काे ठाउँमा उसलाई लठ्ठी प्रहार भएकाे छ ।
शिर बाट रगतको धारा बगेको छ ।
फाटेका जुत्ता का माला कालाे अँगारले मुख पाेतिएकाे छ ।
धारा मा पानी छाेइएकाे कारण उ गाउँ बाट नीकालीएकाे छ ।
आफ्नो न घाँटिमा भिरेर
नगरा लगाउदा उठेका दुई घाेगा मकै झाेली मा राखेर
चिरिएका खाली पैताला सुस्त सुस्त सार्दै
आँखामा टिलपिल आँसु हरु लीएर
गरानगाराे गाउँ छाडेर गयाे ।
प्रणय देव कवि भद्र श्री द्वरा रचित पुस्तक
“गुनासाे गध्य कविता सङ्ग्रह बाट साभार गरिएकाे l

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button