ब्लग

फेरिएको जिन्दगीका पानाहरु – लक्ष्मण मगराती

फेरिएका दिनहरूले धेरै कुरा सिकाए, दिनहरू सँगै फेरिने हप्ताहरुले हरेक हप्ता जिन्दगीको नयाँ पाठ सिकाए, महिना बद्लिए र बर्षहरु पनि बद्लिदै गए! बदलिएका बर्षहरुले जीवनको सयौं उतारचढावहरु बिच कसरी आफुलाई खडा गर्ने कसरी तिनीहरुलाई सामना गर्ने भन्ने कुराहरू पनि सिकाए तर को आफ्नो को पराइ र यहाँ…जुन कुराहरु हिजो भए, अस्ति भए, अनि जुन कुराहरुको जबाफ मैले सधैं पाईरहें तर पनि फेरि त्यहि कुरालाई किन खोजी रहन्छु, पर्खी रहन्छु ?

समय सँगै बढ्दै गएको उमेर र दौडँदै गरेको परिस्थिति देख्दा आफैं तमाम पर्छु। मानिसहरू धेरै बदलिएका छन्,समय धेरै बदलिएको छ । कुराहरू आफैमा मोडिएका छन्, अनि भरोसाहरू यसै तोडिएका छन्। साँच्ची, कति अच्चम छ है यो नयाँ सहर। सबैको प्रिय बन्ने चक्करमा एउटा अव्वल मान्छे, औसत मात्र बन्न पुगेछु ! निरन्तर बगिरहने निस्चल नदि जस्तै आज पनि मेरो व्यथाहरु आँसु बनेर यसै बगिरहेछ ।

आज छटपट्टीमा यि नयन निदाउन नसकेको पनि कैयौं रात भइसकेछ्न, मुटु नै फुट्ला जसरी म भित्र गुम्सिएका पीडा र बेदना लाई देखाएर खै कुन समाज सङ रोइदिउ म। यहाँ अर्को पीडा त मलाइ यो समाज ले छोरा बनाइदिएर पो भयो, जिन्दगी देखि थाकिसकेको त होइन तर किन किन कहिलेकाहि जन्दगी देखि विश्राम लिन मन लाग्छ । बितेका बालापनहरू एक-एक गरी सम्झिन्छु, साँच्ची ति बालापनका पलहरू सपना थिए या बिपना थिए है! आजभोली सम्झदा डाकों छोडे्र धुरूधुरू रून मन लाग्छ । अब फेरि कहिले फर्किएलान् र ति दिनहरु?

जिन्दगीका पानाहरु सेतै भए पनि लेखिएका अक्षरहरु कालो भएर नै होला, आजकाल जिन्दगी अध्यारोमा नै कटि रहेको छ । यी पाइलाहरु अगि बड्न पनि गारो मान्छन्, जिन्दगीलाई दुहेर समय बेच्दै छु। अनि अक्सर म भन्छु म संग समय छैन । कहिले काही त यति धेरै समय बेच्छुकी खुद जिन्दगीका लागि समय कम भैदिन्छ ।

सपनामा सजाएका सपना र खुशीका केही पलहरु अनि बिपनामा ओइरिएका ती दुखका बर्खे भेलहरु, यस्तै यस्तै छन् आजकाल जिन्दगिका खडेरीहरु!! आजकाल खुसी दुब्लाउदै गएको छ अनि मन रोगी भएर। रन्थनिएको छ मन सम्हाल्ने प्रयासमा छु…..सम्हाल्ने प्रयासमा छु ।

– लक्ष्मण मगराति…..🌻✍️

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button