कविता

भाैतारिएकाे युवा

-निकिता सापकोटा

हिजो यहीँ थियो ऊ
आज खाडी पुगेछ
नेपालमै बस्छु भन्थ्यो ऊ
आज रूदैँ नेपाल छोडेछ ।।

मनमा पीडा लुकाएर
बाहिर हाँस्दै थियो
जाने बेला ओठमा
सानाे मुस्कान दिदैँ गयाे ।।

बिरानाे मुलुक काे
नै आफ्नो छ र
पैसाले नै बिग्रायो
यो स्वार्थी संसार ।।

जति पढेपनि
राेजगार नभएसी
हेर, साथी हाे भाेली
हामी पनि बन्नु छ परदेशी ।।

भाैतारिदै ऊ
खाडीतिर पुग्यो
भावनालाई मनमा
राख्दै परदेशी बन्यो ।।

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button