Uncategorizedकविता

मानवता-मिरा

मानवताको मौनतामा
दानवता हुर्किदै गयो
आज हामी सबै विभाजित छुम
देशको नाममा
धर्मको नाममा
जातको नाममा
हाम्रो विविधता हाम्रो कमजोरी कसरी हुन पुग्यो?
आफ्नै देश असल अनि आफ्नै धर्म सही भन्छम
के येहि स्वार्थ हो त मानवता?
आज हजारौ कोष टाडा बारुद पड्किदा
किन हामी यहाँ त्रसित छौ?
ती निर्दोष बालक र महिलाहरुको अवाज
कसरी यहाँ सम्म आइपुग्यो?
आखिर हामीले महशूस गर्ने डर
अनि दुखः र माया त उस्तै रहेछन
यो सबै बुझेर पनि
किन आज मौन छ मानवता?
यो मौनताको बोझ धेरै भारी भयो अब
यो बोझ अरु कसैले उठाउन नपरोस

– मिरा

सम्बन्धित लेखहरू

Back to top button