ब्लगसाहित्य समाचार

मुनामदन – धन बहादुर र सचदेभ

लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.स. १९६६ कार्तिक २७ गते काठमाडौँमा भएको थियो। उनले नेपाली साहित्यमा अहम् भूमिका खेलेका छन् र धेरै कृर्ति रचेका छन्। ती मध्ये नेपालीको मनमनमा बस्न सफल “मुनामदन” एक हो ।

देवकोटाले अरू कृर्ति जलाएपनि मेरो मुनामदन कृति नजलाईदिनु भनेका थिए। मुनामदनमा चलचित्र, ज्ञान-आर्जन र देशको यथार्थलाई चित्रण गरिएको छ। भनिन्थ्यो यदि लक्ष्मी प्रसाद देककोटा अझै बाचेको भए साहित्यका माध्यमबाट विश्वसामु साहित्यबाट नोबेल पुरस्कार दिलाउन सक्थे तर विड्मवना क्यानसरले गर्दा ५० बर्षको उमेरमा संसार त्याग गरे।

मुनामदन :- खण्डकाव्यमा ४ जनाको परिवार हुन्छन्। दिदिको बिहे भईसकेको हन्छ। दिदिको बिहे भएपछि परिवारमा निकै दु:ख आउछ। परिवारमा ऋण लाग्छ । त्यसपछि मदन परिवार छोडेर धन कमाउन जाने निधो गर्छन्। “मुना मदनमा माया गर्नु पर्छ भने थोरै किन गर्ने यस अर्थ मा कि माया ममता भनेको गासिएको डोरि जसरी प्रगाढ गर्नुपछ भनेर सन्देश दिईएको छ। मदनको सपना भनेको आमालाई एउटा पाटि बनाउने र मुनालाई सुन लगाईदिने थियो । मुना र आमाले नजाऊ भनेर कर गर्छन। तर जबाफमा मदनले:-
“जन्म दैवको कर्म आफ्नो त्यसैले म लासा जान्छु” भनेर हिडे। मदनको निर्णय सुनेर मुनाले भनि्छन “नछोडि जानुहोस् है, मेरा प्रार्ण अकेलि मलाई मनको बिरमा ननिभ्ने गरि बिरह जलाई”अझै थप्दै भनि्छन मुना :-
"हातका मैला सुनका थैला के गर्नु धनले,
साग र सिस्नो खाएको बेस आनन्दि मनले।

मदनले उतर दिदै भन्छन:-“हे मेरि मुना नभन त्यसो जुनमा भुलेकि फर्कन्छु फेरि म चाडैँ भन्ने किन हो भुलेकि – कि मरि छोड्द्यौँ कि गरि छोड्यो मर्दको ईरादा नहाल प्यारि बाटोमा मेरै आशुको यो बाधा”

मदन त्यसपछि परिवारबाट बिदा लिएर भोट जान्छन्। भोटको यात्रा निकै कृष्ट र द्र्ध्नाक हुन्छ। डाडाँ र काँडा उकालो ठाडाँ जंगार हजाँर भोटको बाटो ढुङ्गा र माटो नंगार हँजार मदन मुङ्लान गएपछि काजिले मदनको पत्निलाई मन पराउथे र मदनको दिदी नैनालाई मिलाईदेउ भनी अनुरोध गरे। नैनाले मदन नफर्किने भएपछि उनको बाटो कुर्न उचित नहुने बताए।

प्रत्युत्तरमा मुनाले उतर दिदै भने:- “यहि कुरा गर अरूको कान जो सुन्छन लिई चाख जोबनको हिरा शहरका किरा पाउछौँ तिमी चन्द्रमालाई खसाल तिमी हिमाल लाख उचाल, यो मेरो मन डगाउ भने नरच यो जाल । उता लासाबाट धन कमाएर मदन घर फर्किन्छन तर बाटामा हैजाले समात्छ । यो हालतमा पनि बैगुनि ती साथिले मदनलाई छडेर हिड्छन ।

मदनले भन्छन:- नछोड हे मेरा साथिभाई, वनमा मलाई काग र गिद्धहरूको पापि सिकार बन्नलाई तर साहुको ऋणले दिनहु सताएको हुन्छ मुना र आमालाई ।अति ढिलो भो ऋण तिर्न नसक्ने भनी साहुले १ सीता चामल पनि नराखेपछि मुनाले आफुले नखाईनखाई दुख गरेर आमालाई खुवाउछन। यता मदनलाई भोटेले घर लगेर जडिबुटीले औँषधि गर्छन। त्यस्तो गुन देखेर मदनले आफुसँग भएको अलिक धन दिने निधो गर्छन । तर प्रत्युत्तरमा भोटेले भन्छन :- दुईटा मैल सुनका थैला वनमा गाडेको “एउटा हो तिम्रो, एउटा हो मेरो” गुनले बाडेको भन्दै तिमी घर जाउ भनी भन्छन भाटले। मदन हर्ष र उल्लासका साथ घर फर्किन्छन । तर घर आउदा आमा आगनमा ढलेको देख्छन। आमा पनि मदनको मुहार हेरेपछि स्वर्गबास हुन्छन। उता मदनलाई मुना मामा घर गएको भन्छन दिदिले । मदनले आमालाई काखमा राख्दै कराउदै रून्छन। बिचारा आमा आउ्थिन कहाँ फर्केर “पृथ्वी छोडि मृत्यु गुहारमा पुगेर।

धेरै समय पश्चात् :- मुना घर नआएपछि ,जबाफ दिदै :- मदनले मुना किन आउदैनन भनेर प्रश्न गर्दा छिमेकि दिदिले अब मुना यो संसारमा छैनन् बाबु भन्नसाथ उनी बियोगमा पुग्छन। त्यसपछि मुनाले मुग्लान जाने बेला भनेको कुरा सम्झन्छन् र भन्छन:-
“मुनाको बोलि लाग्दछ गोलि सम्झन्छ मनले,
क्या मिठो सँग सम्झाँई भनि्थन के गर्नु धनले ।

मुनाको बियागै बियोगमा मदनको पनि मृत्यु हुन्छ । मुनामदन कृर्तिले धन, सम्पतिले थिचिएको परिवारको बेदना जस्ताको त्यस्तै उतारेको छ र दुईवटा प्रेमको जोडिलाई आत्मिक हिसाबले उतारेको छ।

यस कृर्तिबाट सिक्नुपर्ने कुराहरू:-
१) यदि तपाई असक्षम हुनुहुन्छ भने साथिभाईले पनि तपाईलाई मृत्युको मुखमा छाडेर जान सक्छन।
२) आमाको माया र पत्निको माया बराबर हुनुपर्छ ।
३) कहिले पनि गरिबिमा नबाच्नुहोस।
४) सच्चा प्रेम मुनामदनबाट अथाहाँ सिक्नहाोस ।
५) जतिसुकै गाढाँ प्रेम भएपनि धनले प्रेम बिच्छेद गर्ने सामर्थ्य राख्दँछ।
६) तपाईको ऋण छैन भने सम्पतिमा सन्तोष रहनुहोस ।
७ ) पत्निभक्त मदन र पतिबर्ता मुना भयो भने हरेक सम्बन्ध समुधर हुन्छ।
८) एक अर्कालाई सक्दो सहयोग गर्नुपर्छ पछि त्यहि सहयोग ब्याज जस्तै बनेर आउनेछ ।

हुन्छ त तपाईलाई सफलताको अनन्य शुभकामना !!

Source: Dhan Bahadur & Sachdev

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button