कवितासाहित्य समाचार

प्लास्टिक र प्रदुषण

न बिग्रियोस् छिट्टै, न सजिलै साँच्चियोस्
न सिसा झैं फुटोस्, पतिङ्गर झैं उक्कियोस्,
न टुक्रियोस् टुक्रा टुक्रा, न गलेर कुहियोस्
समुद्री तटमा प्रदुषित, न पानीमा तैरिोस्

खाना पानी भाँडाकुँडा जताततै तिमी
सस्तो देखि महँगो दाम बहुमुल्य तिमी
महल, सडक, धनी, गरीब सबका पास तिमी
जल, थल, नभका साथ सबतिर पुग्यौ तिमी

हलुका र सजिलो उपयोग गर्न छैन गाह्रो
डुबेपछि गहिराइबाट झिक्न पर्ने झनै सारो
अमिलो, धमिलो प्रदुषणको भो चटारो
मधुरो भो वायु फोक्सोलाई छान्न हतारो

सबै भन्छन् सजिलो छ यसलाई चलाउन
थुपारेर खोज्छन् कोहि आगोमा जलाउन
सकिँदैन प्लास्टिकलाई गाडेर मल बनाउन
फलाला भनी जमिनमा रोपे सकिन्न फलाउन

चलाउँदिन भनी सोचेँ समान यस्ता खाले
जताततै नफ्याँक् भन्छन् सजग भएकाले
गुदी खाई जथाभावी खोष्टा फालेकाले
प्रदुषण बढ्दै गा’छ बेहोसीपन बढेकाले

प्रयोग हुने प्लास्टिकका सामान घरीघरी
नमिल्काउनु सचेत भै यसलाई वरिपरी
प्रक्रिया उचित रोजौँ पुन प्रयोग हुने गरी
चेतनाको दीयो बाली बाँचौँ जुनी भरी

स्वच्छ हावा हरियाली भए जताततै
सफा तथा रमणीय दृश्य यताकै

ढकमक्क, मगमग फुलको वासना
रमाई रहूँ यसरी प्रकृतिको पासमा

सेमन्त राई
संखुवासभा (हाल यु के)



साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button