कविता

हामी काे हाैँ?-प्रसिद्ध दवाडी

विद्यार्थी हाैँ कुनै सत प्रतिसत सही गर्ने अलाैँकिक मानिस हाेइनाैँ

 

विद्यार्थी हाैँ कुनै सत प्रतिसत सही गर्ने अलाैँकिक मानिस हाेइनाैँ,
विद्यार्थी हाैँ सबै कुरामा जान्ने छैनौँ ।
सधैँ राम्रो गर्दा सबैबाट जस पाइने,
एकचोटि नतिजा राम्रो नआउँदा गाली खाइने ।।

जान्ने छ ऊ हेर त यति आयाे रे,
नजान्ने रहेछ याे त फेल भयाे रे,
ए समाज !! विद्यार्थीलाई जाँच्ने तिमी काे हाै ?
विद्यार्थीकाे मानसिकतामा के पर्छ कैले साेचेकाे छाै ??

सबै तिक्ष्ण बुद्धिका हुन्छौँ भन्ने छैन,
कम पढेर पनि चर्चित हुने फाराडे हैन ।
धैरै छन् संसारमा उदाहरण यस्ता,
बन्न सकिन्छ आफ्नो क्षमताले उनीहरू जस्ता ।।

विद्यार्थी सबै एउटै हाैँ यहाँ,
रमाउन देऊ हामीहरू खाेज्छाैँ रमाउन जहाँ ।
पछि पक्कै कुनै न कुनै सीपमा अब्बल हुनेछाैँ,
गाैरवका साथ देश र जनताकाे सेवा गर्नेछाैँ ।।

-प्रसिद्ध दवाडी

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button