कविता

पर्खीरहेछु म

त्यो दिन जहाँ……
मानिसले मानिसलाई समान देख्नेछन्
जातको चस्मा खोलेर समाज हेर्नेछन्
सबै मानिस आपसी सद्भावका साथ बस्नेछन्
बाहुन र दलित एउटै कलबाट पानी झिक्नेछन्।

त्यो दिन जहाँ…..
हुनेछैन युवाहरु विदेशीनु पर्ने नियति
द्रुत रुपमा चल्नेछ देशमा विकासको गति
हुनेछ देश “विकसित” मा उन्नति
सप्प्रनेछ देश चलाउनेहरुको मति।

त्यो दिन जहाँ…..
राष्ट्रले आयात भन्दा निर्यात गर्नेछ
भित्री अर्थतन्त्रमा अब्बल बन्नेछ
साथी हुनेछन् प्रधानमन्त्री र जनता
पाउनेछन् सँगै हिँड्दा सुरक्षाको सुनिश्चितता।

त्यो दिन जहाँ….
हाम्रो होइन राम्रोले अवसर पाउनेछन्
कानुन सबैलाई लाग्ने नियम बनाउनेछन्
सरकारी कामकाज छिटो र छरितो हुनेछ
देशले नयाँ परिवर्तन सहित काँचुली फेर्नेछ।

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button