“बहिर कुनै जीवित बच्चालाई मर्दा कानुन लाग्छ तर मलाई मर्दा किन लाग्दैन आमा, मेरो पनि उनिहरु जस्तै त प्राण छ मेरो नि स्वास चल्छ मेरो नि मुटु ढड्किन्छ ।” – जुनकीरी
आमा म भर्खरै तिम्रो गर्भमा आए तर पनि मैले सबै कुरा बुझे । आमा म छु नि तिमीलाई माया गर्ने नरोउ न तिमी । म पनि तिम्रो प्रत्येक मुटुको स्पन्धन सँगै त ढड्किरहेको छु । आमा मलाइ थाहा छ तिमी मलाइ चाँहादैनौँ । तिमी अझैँ पनि तयार भएकी छैनौँ आमा बन्न तर एउटा नारी भएसी सन्तान को सुखा पाउन बाट आफुलाई बन्चित नगर । तिमी भन्छौँ मलाई सम्हाल्ने क्षमता छैन तर आमा मलाई त केवल तिम्रो माया चहिएको हो । मलाई थाहा छ तिमिलाइ अझैँ तिम्रो जीवन जिउन छ, तिमिलाइ अझैँ रम्न मन छ तर आमा म पनि त जिउन चाहन्छु मलाई संसारको सबै भन्दा राम्री मान्छे हेर्न छ आमा, मलाई तिमिलाइ हेर्न मन छ । मेरो खुट्टाको पहिलो कदम म तिम्रो तर्फ चाल्न चाहन्छु अनि मेरो पहिलो बोली तिमिलाइ समर्पित ।
म बाचा गर्छु आमा कि म संसार को सबै भन्दा प्यारी छोरी भएर तिमिलाइ गर्वबोध गराउने छु। मलाई थाहा छैन म भविष्यमा के बन्छु तर यति चाहिँ बिस्वस्त हुनु कि म एक असल व्यक्ति बनेर समाज मा उभिने छु । आमा म तिम्रो भ्रुण मा त छोरा बन्न सकिन तर ठूलो भएसी म तिमिलाइ छोराले जस्तै धेरै खुसी अनि सुख दिन्छु, जिन्दगीभर तिमिलाइ कतै दुख हुने छैन । आमा यति सब कुरा को बदलामा बस तिमी मलाई बाच्न देउ !
बहिर कुनै जीवित बच्चालाई मर्दा कानुन लाग्छ तर मलाइ मर्दा किन लाग्दैन आमा मेरो पनि उनिहरु जस्तै त प्राण छ मेरो नि स्वास चल्छ मेरो नि मुटु ढड्किन्छ।
– उहि तिम्रो प्यारो जुनकीरी