“बुबा तपाईंले सिकाउनु भाएको गणितमा माईनस माईनस प्लस भए जस्तै जीवनका दुःख दुःख प्लस भएर सुख हुँदैन रहेछ । ” – जूनकीरी
म विदेशिन तम्सिएकी नाबालिका ,
सुन्दा अचम्म लाग्ला , जीवनको अठारौं वसन्त पार गरिसकेकी म अझै नाबालिक नै हुँ – मेरा बा आमा का अनुसार।
मेरी आमा कहिले बुँच्छ्यौ विदेशिनु रहर हैन मेरा लागि बाध्यता हो । बाध्यता, त्यो रहर पूरा गर्ने ।
बुबा तपाईंले सिकाउनु भाएको गणितमा माईनस माईनस प्लस भए जस्तै जीवनका दुःख दुःख प्लस भएर सुख हुँदैन रहेछ । अनि तपाईंकी छोरी जस्तै परीक्षामा सधै पहिलो हुने विद्यार्थी जीवनको पहिलो खुड्किलो मै चिप्लिने रहेछ । त्यो चिप्लोपन को कारण आज सम्म पनि थाहा पाउन सकेकी छैन मैले । लडेको हात समाउने तपाईं हुनुन्थ्यो । टुटेको आँट जोड्ने तपाईं हुनुन्थ्यो अब तपाईंको हात समाउन योग्य बन्नु छ मलाई त्यसैले विदेशिन तम्सिएकी छु ।
बुबा माफ गर्नुस् है , विद्यालयको परीक्षामा सधै उतिर्ण हुने म आज जिन्दगीको यो परीक्षामा लज्जास्पद तरिकाले अनुतीर्ण भएकी छु ।
सानै छु सोच्यौ होला आमा तर अक्सर आदि रात मा खस्ने ती बलिन्द्र अश्रुधारले मेरो बालापन बगाई सक्यो । कमलो छु सोच्छौं होला बुबा धेरै तिता शब्द वाण ले तिता ओखती जस्तै बलियो बनायो मलाई ।
त्यसैले मेरो यो रहर पूरा गर्ने बाध्यता पूरा हुन दिनुस् । छोराले आमा बाबु पाल्छ भन्ने समाजमा छोरीलेनी आमा बुवा पाल्छे भन्ने कुराको वृत्तान्त उदाहरण बन्न दिनुस्।
– जूनकीरी