कवितामुक्तकसाहित्य समाचार

मेरी चन्द्रकिरण – सुरभी श्रेष्ठ

तिम्रो त्यो न्यानो काखमा फेरि एक पटक बेरिन देऊ न मलाई …
तिम्रो त्यो मीठो आवाजमा फेरि एक पटक सुनेर निदाउन देऊ न मलाई ….

आहा! कति निश्चलता छ तिम्रो मायामा ..
बिहानको सुनौलो किरण झैँ
रातको उज्यालो चन्द्रमा झैँ
रौनकले छाएकी छौ मेरो जिन्दगीमा ….

भगवान् पूजा गर्न पर्दैन मलाई;
तिम्रो आशीर्वादले सारा संसारसँग जित्ने आँट छ मलाई…

तिम्रो माया र ममता वर्णन गर्न सक्दिन म …
कति प्यारी, कति निश्चल, कति स्नेह …
भावनाहरू कति छन्-छन पोख्न सक्दिन म…

आमा …
हरेक बिहान तिम्रो तस्वीर हेरी उठ्ने गर्छु म …
यति धेरै माया दिएकी छौ कि
मैले मेरो हरेक जुनीमा तिमीलाई नै प्रकटिकरण गर्ने गर्छु म …

मेरो दुई आमा प्रति समर्पण ….
– सुरभी श्रेष्ठ

 

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button