प्राणद – प्रणय देव कवि भद्र श्री “प्रणु”
शून्य रात मा अनगिन्ती तारा हरु
हेरि रहेकाे छ।
अन्धकार याे मन एकहाेराे खाेजीरहेकाे छ ।
अध्यारो आकाश लाई उषा ले खुसी लीएर आउँछ।
मन काे पिर व्यथा हरु उस्तै छ।
आँखामा आँसु काे शीत लहर बगेर जान्छ ।
कति माया थीयाे मन मा कतै थाहा भएना की?
कति राेऐ यी आँखा हरु
एक पल मा याे संसार छाेडी दियौ।
मुटु काे भक्कानाे मा सास राेकीन्छ ।
केही बाेलेनौ, उठेनौ..
याे माला ले सधैं प्रेम अँगाली प्रेम बन्धन राखाेस्।
यी अञ्जुली ले अर्पण गरिएको जल ले
त्याे हृदय मा सधै शान्ति रहाेस्।
शिर मा राखीएकाे पुष्प हरुले
याे धर्ती मा फेरि जन्म दियाेस्।
त्यो हृदय सधैं अजम्बरी रहाेस्।
शिरका अन्न हरु ले सधैं शुभ दियाेस्।
हरिया दुबाे हरु ले आत्मक लाई
सधै खुसी दीयाेस् ।हृदय स्वर्ग मा बास हाेस।
जलीरहेकाे धुवाँ मा उडेर गयाै।
याे धर्ती भरि काे खुसी सम्झन्छु ।
कति सपना थियो ।कति रहर थीयाे ।
सबै जलेर खरानी बने ।
मन पिरुल्छ प्रत्येक ढुकढुकीमा आँखा रसाउछ ।
आँखा बाट आँसु काे सागर बग्छ।
दु:ख का पहाड हरु थियो ।
संघर्ष मा कति गल्याे हाेला त्यो मन
पसिना काे समुन्द्र बनायाे
काेमलखुसी हरु दियाै।
आज मुटुमा पहाड उचाल्ने साहस छ।
पाइला हरु शिखर पुगे तर मन एक्लो छ।
याे मुटु भरिकाे माया छाेडेर आकाश माथि माथि गयाै।
अतालिन्छ हृदय अनगिन्ती चाह हरु उस्तै छ।
भरिएका आँखा हरु पल पल खाेजी रहन्छ ।
कतै फर्केर आउछाै कि …?
क्षीतिज सग्गै मन रुन्छ।
श्रद्धा मा प्रत्येक साँझ दिप हरु सग्गै आँखा रसाउछ।
प्रथानमा सधै मुटु मा भक्कानाे आउँछ ।
हृदय सधैं स्वर्ग मा बास हाेस्।
मुटु मा बगेकाे रगत ले याे सृष्टि दियाै।
छाेडेर गयाै धड्कन याे मुटु मा धड्की रहेकाे छ।
याे ढुकढुकी मा प्रेम उस्तै छ।
याे अन्जान प्रेम एकहाेराे साथ मागी रहेको छ।
हावा काे एक स्पर्श ले याद दिन्छ।
एक्लाे छु याे गुँड मा
याे मुटु पनि लिएर जाऊ…त्यहाँ
प्रणय देव कवि भद्र श्री “प्रणु” द्वारा रचित पुस्तक
“प्रेमक आत्मा” गध्य कविता सङ्ग्रह बाट साभार गरिएकाे ।