लेखनकला
ट्रेन्डिङ

“स्तनपान बच्चा र आमा बीचको भावनात्मक सम्बन्धको कुरा गर्दा एक नारीको लागि यो एउटा वरदान सरह नै हो ।”-मीरा बस्नेत

World Breastfeeding week August 1-7 विश्व स्तनपान सप्ताह २०२३

म एक नारी, एक मातृत्वले भरिएको नारी। करूणा,माया,दयाले भरिएको नारी,एउटै रूपमा अनेकौ सम्बन्धले गासिएको नारी अनि एक आमा पनि । यही साउन १६ गते, मंगलबारको दिन देखि विश्व स्तनपान सप्ताह शुरू भइसकेको छ। प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिख सम्म आयोजना गरि मनाइने विश्व स्तनपान सप्ताह- सन १९९२ बाट मनाउन शुरू गरिएको हो । जन्मेको एक घण्टा भित्र आमाको दुध खुवाउन शुरू गर्नु नै आमा र बच्चा बीचको मातृत्वको भावना शुरू हुनु हो । केही दिन सम्म आउने बिगौते दुधले बच्चाको स्वास्थ्यलाई विभिन्न रोगसँग लड्न सक्ने क्षमता बढाउँछ । 


स्तनपान बच्चा र आमा बीचको भावनात्मक सम्बन्धको कुरा गर्दा एक नारीको लागि यो एउटा वरदान सरह नै हो ।आजको युगमा स्तनपान चाहेर पनि गराउन नपाउने र स्तनपान गराउन नचाहने आमाहरूको भावना पनि बेग्ला-बेग्लै छन् । स्तनपान गर्न पाएर आफ्नो शारीरिक विकासलाई गति दिन पाउने सौभाग्यशाली शिशु जसले आफ्नो आमाको छातीमा टाँसिएर आफ्नो जीवनको वृद्धि विकासलाई अघि बढाउँछ । आमाले खाएको खानाको पोष,ताकत सँगै आमाको ममता अनि मनोवैज्ञानिक भावना आमाको स्पर्श र मातृत्वको पनि अनुभव गर्ने मौका पाउछ ।


आमा संसारको एक पवित्र अनि करुणामय शब्द उनै आमा जसले आफ्नो वक्षस्थलमा राखी स्तनपान गराउँदा उत्पन्न हुने मायाको तरंग उनले आफ्नो शिशुलाई प्रदान गर्दछिन् । विभिन्न कारणहरु जस्तै: प्रसवकाल पछि आमाले प्रयोग  गर्नु पर्ने औषधीहरू,त्यसै गरी सुत्केरीले पोषिलो खाना खान नपाएर स्तनपान गराउन नपाउनु अनि अरू विभिन्न कारणहरुले स्तनपान गराउन नपाएका आमाहरुका पनि आफ्नै बाध्यताहरू हुन सक्छन् । स्तनपान स्वस्थ,सफा भावना रूपि आमाको मायाले भरिएको अमृत रूपि जीवन प्रदायक प्रक्रिया हो,जसको पान गर्नाले एउटा शिशु विकसित भएर राष्ट्रको असर र  मजबुत नागरिक बन्दछ।


स्तनपान गराउन नपाउँदा बाहिरी दुधका बट्टाहरु किन्नु पर्ने बाध्यता सँगै आर्थिक रूपमा पनि खर्चिलो बन्ने गर्दछ । आर्थिक रूपमा पनि शिशुका आमा,बुवाले दुधको भार खेप्नुपर्ने बाध्यता रहन्छ । त्यसै गरी शिशुमा दुध पिलाउँदा आमाको दुध जति पोषिलो,सफा र स्वास्थ्य वर्धक नभएको पनि हामी विचार गर्न सक्छौँ ।त्यसैले एक आमा र बच्चाको सम्बन्ध अति नै ममतामय प्रगाढ बनाउन स्तनपान एक महत्वपूर्ण तरिका हो।


स्तनपान गर्नाले बच्चाको र आमा दुबैको स्वास्थ्य सबल रहने अनि मातृत्वको भावना उर्लेर आउने भएकोले नवजात शिशु आमासँग निकै नजिक र मातृत्वासल्य प्राप्त गर्न तप्तर हुने गर्दछ।त्यसै गरी यसपाली सन २०२३ को स्तनपान सप्ताह नारा- “Enabling breastfeeding making a  difference for working parents ” रहेको छ ।यस नारा सहित मनाइदै गरेको स्तनपान सप्ताह प्रत्येक आमाहरूलाई एउटा मातृत्वको भावनात्मक सम्बन्ध हुने गर्दछ र त्यस कुरामा हामीले विचारधिन भएर स्तनपान गराउन सके आमा र बच्चा बीचको सम्बन्ध र अरू धेरै कुरा पनि राम्रो हुने कुरा विश्वास गर्न सकिन्छ ।
                         

-मीरा बस्नेत  
   शिक्षक
   फ्यूचर स्टार्स हाई स्कुल,
   जावलाखेल                                                                                                                                                                                                

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

Back to top button