ए पत्थरी – अनुश खनाल
ए पत्थरी
तँ सानो एम्एमको ढुङ्गाको कण
जसले क्षण क्षण यो शरीरलाई कति दुख दिइस्
त्यसै त सानो हुन्छ यो मृगौला
त्यसैमा अझ किन घोच्छस्
पहिला पनि कलेज छुटाइस्
पढाइ डामाडोल गराइस्
पिसाब फेर्दा धेरै दुखाइस्
पेट पनि दुखाइस्
अहिले फेरि ६ महिना पछि
किन मलाई सताउन आइस् ??????
मैले के नै बिगारेको थिएँ?
पानी ३-४ लिटर पिएकै त थिएँ
जाँड खाँदैन
रक्सी खाँदैन
धूम्रपान सेवन गरिन
व्यायम नि गरिराखे
तर पटकपटक घुमिफिरी किन यतै आइस् ???
ए पत्थरी किन फेरि आइस्?
नेता र पत्थरी उस्तै लाग्छ
दुबैले दुख दिने
टाढा गर्न खोज्दा पनि
झन्झन् नजिक आउने
फाल्न कोसिस गर्यो
फेरि पलाई हाल्ने।।।
त्यही नेताले पत्थर हानी राजा हटाए
पत्थर उठाए राजा ढलाए
आज मलाई फेरि त्यै पत्थरले ढलाउँदै छ
ए युवा हो
मेरो पत्थर निकाली
यी चोर नेता हटाओ ।।।
पत्थरीको ओखती
कम्सेकम पानी त छ
भ्रष्ट नेताको उपचार
के छ?
सोच्नु होस्
युवा होस् अथवा वयोवृद्ध
दुबै घोच्न जानेका
अब राम्रो आउलान् सोचेको
घमण्डले दुबै भरेको ।।।
आश कसको गर्नु
जनता सधै बिरामी
टिचिङ जाँदा लाइन
पाटन जाँदा लाइन
मेडिसिटी जान खोजेको
पैसा सुन्दा झन्डै मरेको ।।।
ए नेता हो , सरकारी अस्पताल
नीजि जस्तो व्यवस्थित कहिले गराउने ?
सभ्य कर्मचारी कहिले जन्माउने ?
भारी मूल्य पर्ला झैं हुन्छ तिनको बोली, केही सोध्न खोज्दा पनि गर्छन् हान्दिउँ झैं गोली ।।
शौचालय गयो
न त हुन्छ सफा ,
बाहिर आई साबुन खोज्यो
नराम्ररी पाइन्छ धोका ।।
भ्रष्ट कर्मचारी, फटाहा डाक्टर , ठग शिक्षक , ठग विद्यार्थीको बिचमा
हराउँछन् राम्रा
ए सरकार, समय यहि हो
देशमा संरक्षण गरिहाल
अमेरिकाले तानी लग्ला
नेपालमा राम्रा भनिएका ।।।
ए सरकार, समय यहि हो
देशमा संरक्षण गरिहाल
अमेरिकाले तानी लग्ला
नेपालमा राम्रा भनिएका ।।।
✍️ अनुश खनाल