निबन्धब्लगलेखनकलाविचार
ट्रेन्डिङ

“जिम्मेवारीको साथै परिवर्तन: ट्राफिक व्यवस्थापनमा हाम्रो योगदान”- अनुश खनाल

अहिले विश्वभर नै ट्राफिक जामको समस्या गम्भीर र चिन्ताजनक तहमा पुगेको छ । विश्वव्यापी रुपमा हेर्ने हो भने प्रत्येक दिन लगभग ३,७०० मानिसहरू सडक दुर्घटनामा ज्यान गुमाउने गरेको भनेर विभिन्न तथ्यांकले देखाउछ।
ती मारिनेमा आधा भन्दा बढी पैदलयात्री रहेका छन् । यसो हेर्ने हो भने ट्राफिक समस्या विकासोन्मुख राष्ट्रहरूमा मात्र सीमित नभएर विकसित देशहरूमा पनि यसको प्रभावसँग जुधिरहेका छन्।

काठमाडौंको कोटेश्वरको भीडभाड सडक होस या भारतको दिल्लीको विभिन्न सहर जहाँ ट्राफिक जामले गर्दा सबैको चिन्ताको विषय बन्ने गरेको छ। अंतिममा यसले मार भने विभिन्न कामका लागि हिडेका यात्रुहरुलाई नै बढी बनाइरहेको हुन्छ । निर्धारित गन्तव्यमा निर्धारित समयमा पुग्न नसक्दाकोको क्षतीको लेखा जोखा हुन नसकेता पनि , यस्ले तोकिएको ठाउँमा ढिला पुग्नु, तनाव, छुटेका योजनाहरू पूरा गर्न नसक्नु, उत्पादकत्वमा हानि एंवम् वातावरणीय प्रदूषणलाई पनि बढावा दिन्छ। ट्राफिक जामको कारण अधिकम्श यात्रु , चालक , सह-चालक लगायत ट्राफिक प्रहरी पनि तनाव र निराशाको उच्च स्तरमा हुन्छन्।

नेपालको विभिन्न सहरहरुमा बढ्दो सहरीकरण,बढ्दो सवारी साधनको संख्या, साँघुरो सडक, अपुग पूर्वाधार र प्रभावकारी ट्राफिक व्यवस्थापनको अभावका कारण ट्राफिक समस्या बढ्दै गएको छ । ती सहर मध्ये सबैभन्दा बढी प्रभावित एंवम् ट्राफिक समस्याबाट गुज्रिरहेको सहर हो नेपालको राजधानी , काठमाडौँ । काठमाडौंको ट्राफिक व्यवस्थापन निकै नै चुनौतीपूर्ण एंवम् चिन्ताजनक अवस्थामा रहेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०२२/२३ को एँघार महिनामा काठमाडौं उपत्यकामा सडक दुर्घटनामा परी १७८ जनाको ज्यान गएको जनाएको छ ।

नेपालमा त झन सार्वजनिक यातायात चलाउने चालकलाई त सवारी कुदाउन मात्र आउँछ, अझै पनि ट्राफिकलाई पालना गर्नु पर्छ भन्ने चेत छैन, रेखाको बारेमा ज्ञान छैन, ट्राफिक छैन भने त जता रोकेर पनि यात्रु चधाईहाल्छन । दादागिरी जस्तो छ उनीहरुको नेपालमा ।

Overspeed , Overtaking मा त माहिर हुन्छन् गाडीवालाहरू ।

ट्राफिक प्रहरी अनुसार सबै भन्दा जोखिममा पैदलयात्रु रहेका छन। कयौं जनतालाई चेत भएता पनि फुटपाथ, Zebra Crossing , आकाशे पुलको प्रयोग नगर्दा विभिन्न दुर्घटना निम्तिने गरेको छ। नेपालमा यस्तै हो,ढिला भैराको बेला को कुर्छ ? मैले मात्र पालना किन गर्ने, सबैले त बाटो काटिराछ, हात दिदै गाडीको बिचमा गैदिन्छु, अटेरी स्वभावले गर्दा आज सडक दुर्घटना बढिरहेको छ।

यद्यपि,ट्राफिक समस्यालाई सम्बोधन गर्न र समाधान गर्न विभिन्न प्रविधिहरू विकास भइरहे

का छन्। काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि परिष्कृत शहरी योजना, सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम , मेट्रो ट्राफिक एफ,एम,ट्राफिक प्रहरीको यात्रुसँग दुई मिनेट कार्यक्रम, पैदलयात्रुको लागि Traffic Signal , CCTV Footage Installation,Speed Gun , गति सिमित क्षेत्र निर्धारण,ट्राफिक संकेतहरूको स्थानतरन लगायत विभिन्न कार्यक्रम भैरहेका छन।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर को अनुसार , सडक सुरक्षा सुनिश्चित गर्न सरोकारवाला निकायहरू, विभिन्न संघ संस्था, विभिन्न गैरनाफा मुलक संस्था , पत्रकार ,विद्यालय लगायत सम्पुर्ण जनता बीच बलियो साझेदारी, समोन्वय र सहयोग आवश्यक जरुरी छ भन्नू हुन्छ । ट्राफिक व्यवस्थापन एकल ट्राफिक प्रहरीले मात्र गर्न सक्दैन, यसमा हामी सबै जनताको पनि त्यत्तिकै ठूलो भुमिका खेलेको हुन्छ । म परिवर्तन हुन्छु
अनि मेरो देश परिवर्तन हुन्छ भन्ने सोचका साथ, हामी हिड्यौ भने पक्कै पनि , ट्राफिक व्यवस्थापन निकै नै सहज हुन सक्छ भन्ने कुरामा कुनै दुबिधा छैन।

अहिले स्वयंसेवकको टोपी र ज्याकेट लगाएर उपत्यकाका विभिन्न चोकहरूमा केही विद्यार्थी खटिएको देखिन्छन। बिहान र बेलुकीको पिक आवरमा माइतीघर, सिंहदरबार,कोटेश्वर ,जडिबुटी, अनामनगर, पद्मोदयमोड, बागबजार, पुतलीडक र कमलादीमोडमा उनीहरु सडक प्रयोकर्तालाई ट्राफिक नियमको बारेमा जानकारी गराउदै गरेको
देखिन्छन। उनीहरु काठमाडौँ स्कुल अफ ल का विद्यार्थीहरु हुन। व्यवहारिक शिक्षाको लागि परिचर्चित नाम हो ,काठमाडौँ स्कुल अफ ल। Clinical Education माफर्त ,यस कलेजले विद्यार्थीलाई थप व्यवहारिक शिक्षा , उनीहरुमा परिपक्वता निर्माण गर्न विभिन्न कार्यक्रम आयोजना गरिरहेको हुन्छ ।
सोहि अनुरुप, ट्राफिक व्यवस्थापनको लागि अहिले कानुनको विद्यार्थीहरु खटिएका छन।

ट्राफिक नियमको व्यवहारिक प्रयोग, लेन अनुशासन पालना, मर्यादित सवारी चालक, कानुनलाई आत्मसात गर्ने प्रवृतिलाई प्राथमिकतामा राखि सडकमा हुने लापरवाहीलाई न्यूनिकरण गर्न विद्यार्थीहरु खटिएका छन। उनिहरुले पैदलयात्रीलाई जेब्रा क्रस तथा आकाशे पुलको प्रयोग गर्न, सडक लेनको पालना गर्न र लाइनमा बसेर बस चढ्न तथा ओर्लनका लागि बस बिसौंनीमा यात्रुलाई सहयोग गरिरहेको देखिन्छन।

विद्यार्थीहरुले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकको बारेमा ट्राफिक प्रहरीलाई खबर गरेको पनि देखिन्छ। विद्यार्थीहरु घाम-पानीको पर्वाह नगरी , खटिएको देख्दा चौतर्फी उनीहरुको प्रशम्सा पनि भैरहेको छ। अहिलेको युगमा व्यवहारिक शिक्षाले मात्र परिपक्वता निर्माण गर्न सक्छ।

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

Back to top button