कवितासाहित्य समाचार

तृष्णा सपना – प्रणय देव कवि भद्र श्री

खुसी कोर्ने रङहरू पोखिए, आकाश छुने रहर बादल मा हराए, उडेर कहाँ गए मन का परेवीहरु, जीवन काे गन्त्तव्य कहाँ छ भेटिदैन .

क्षीतिज पारिकाे सूर्य जस्तै
बिस्तारै अस्ताउदै छ याे मन
सागर पुग्ने सपना मा बगेका नदी हरु
पहाड, खाेल्सा ढुङ्गा हरु मा ठाेकिए जस्तै
प्रत्येक पल ठाेकिएर मनमा मृत छन् ।
तृष्णा सपना
रङ्गहीन खुसी अविरल आँसु ले पखालीन्छ
आशा हरु सुकेर झरेको पातहरूझैं
मन बाट पल पल ओईलीएर जान्छ ।
जिन्दगीको संघर्ष मा दुख का पहाडहरू
शिखर मा मन बिसाउने चाहना अधुरो छ।
समुन्द्र का गहिराइमा अनमाेल मोतीहरू
आँसु मा बग्दै जान्छ विवशता मा जिन्दगी
एउटा निर्दाेष पुतलीको मन झैँ
उडेर आकाशमा छुन मन लाग्छ।
ईन्द्रेणी का रङ्ग हरुले सजाउन मन लाग्छ
आकाश का तारा हरु ले
जीवन झिलिमिली बनाउन मन लाग्छ
विरहि मन मा मृत छन्।
तृष्णा सपना
खुसी कोर्ने रङहरू पोखिए
आकाश छुने रहर बादल मा हराए
उडेर कहाँ गए मन का परेवी हरु
जीवन काे गन्त्तव्य कहाँ छ भेटिदैन
अनन्त्त हिँडी रहेकाे छु । खाेजी रहेको छु।
उकाली, ओराली, साँघु ,मरुभूमि मा
समयको वेग मा पिल्सिएर
मन मा मृत छन्
तृष्णा सपना
हिमाल बाट बग्दै जाने नदी हरु काे
विशाल सागर बन्ने सपना जस्तै
देश बनाउने मेराे ठुला सपनाहरू
पहाड काे गुराँस का गर्भ मा मरे
देश बनाउने सपना देशकै माटोमा विलाए
राष्ट्र प्रेम काे भाव मा छाती चर्कन्छ ।
पल पल आँखामा आँसु बगिरहन्छ ।
शून्य मन मा मृत छन् ।
तृष्णा सपना
पुर्खा का रगत हरु सम्झन्छु
अतालिन्छु तड्पन्छु मन मा
उस्तै छ गुराँस हरु काे माया
उस्तै छ नदी हरु काे माया
उस्तै छ पहाड हरु काे माया
उस्तै छ हिमाल हरु काे माया
उस्तै छ देशको ढुङ्गाहरु काे माया
उस्तै छ देशको माटो हरु काे माया
गुराँस ले रङ्ग बनाए जस्तै
नदीले सागर बनाए जस्तै
डाँफे ले गुँड बनाए जस्तै
सूर्य ले राेस्नी बनाए जस्तै
जून ले शित्तल बनाए जस्तै
फूल ले सुवास बनाए जस्तै
याे मृत् तृष्णा सपना ले मेराे देश बनाउने छु ।

– प्रणय देव कवि भद्र श्री द्वारा रचित पुस्तक
  “राष्ट्र प्रेम” गध्य कविता सङ्ग्रह बाट साभार गरिएकाे

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

यो पनि जाँच गर्नुहोस्
Close
Back to top button