लेखनकला

के हो त साक्षरता ? किन साक्षर हुनु जरुरी छ ?- मीरा बस्नेत

साक्षर हुनु एकदमै जरुरी छ किन भने हामी एकजना साक्षर व्यक्तिले हजारौं अरु व्यक्तिलाई साक्षर बनाउन सक्छौं। जब मानव साक्षर हुन्छ अनि उसका जीवनका प्रत्येक पाइला विकासतिर लम्कन्छ ।

हामी मानव जाती ढुङ्गे युग बाट शुरू भएर अहिलेको यस वैज्ञानिक युगमा छौ। हामीले जीवनमा गास,बास,कपास  मात्र नभई विभिन्न अरु कुराहरू प्राप्त गर्नु अनिवार्य मानिन्छ ।
त्यसमा पनि साक्षर हुन पाउनु भनेको हाम्रो एउटा महत्वपूर्ण कुरा हो  । बाहिरी आँखा हाम्रो दुई आँखा हुन जसले संसारको उज्यालो अनि सुन्दर कुरा हेरेर मनोरञ्जन लिन्छ मनमा शान्ति प्राप्त गर्छ अनि रमाउने पनि गर्दछ । तर राम्रा-नराम्रा , असल-खराब अनि अरु विभिन्न कुराहरू जसद्वारा हामीले ज्ञान प्राप्त गर्न सक्छौ । त्यो हाम्रो भित्री ज्ञान चक्षु हो , त्यो हाम्रो भित्री ज्ञान हामी साक्षर भएर ज्ञान हासिल गरे पछि मात्र प्राप्त गर्न सक्छौ । आज विश्वसाक्षता दिवस हो । हाम्रो सम्पूर्ण विश्वयूनेस्कोले सन् १९६५ मा घोषणा गरे अनुरुप मनाउँदै आइरहेको छौ। हामी सम्पूर्ण मानवहरु साक्षर हुनु अति नै जरुरी छ र त्यो हामी सबैको सबले आफ्ना आउँदा पिढीहरुलाई साक्षत बनाउने दायित्व पनि हो ।

के हो त साक्षरता ? किन साक्षर हुनु जरुरी छ ? भन्ने प्रश्नको जवाफमा साक्षरता मानिसको परिचय हो र यसले हाम्रो परम्पराहरु,संस्कृति , संस्कारको वृद्वि र विकास गर्दछ । साक्षर हुनु एकदमै जरुरी छ किन भने हामी एकजना साक्षर व्यक्तिले हजारौं अरु व्यक्तिलाई साक्षर बनाउन सक्छौं। जब मानव साक्षर हुन्छ अनि उसका जीवनका प्रत्येक पाइला विकासतिर लम्कन्छ । सोच्ने शक्ति,हेर्ने दृष्टिकोण,समय सान्दर्भिक अभिव्यक्ति साथै मनका भावनाका लहरहरु पनि विकसित अनि संवेदनशील बन्दछन् । हामीले जन्मेर जब बोली फुट्न थाल्दछ तब हाम्रा मानसिकता ,मनोवैज्ञानिकता,कल्पनाशील सोच मनमा हावभाव ,भावनाका विकास सँगै हामी नयाँ कुरा सिक्ने तरखरमा जिज्ञासु रहन्छौ तब हामी एक साक्षर बन्न विभिन्न अक्षर अङ्क सिक्दै हुर्कन्छौ र बढ्दै जान्छौँ  । तब हामी एक साक्षर नागरिक बनी देशको विकासका विभिन्न कार्यमा लगनशील हुन्छौ र विभिन्न विकास कार्य तर्फ लग्दछौ । यो नै साक्षर हुनु को मूल पाटो हो । साक्षर हुने बितिकै एउटा मनको भावना अर्को मन सम्म पुर्याउन विभिन्न लिखित माध्यमका साथै संकेतिकभाषा अनि अहिलेको परिवेशमा हामी डिजिटल अनि कम्प्युटर मार्फत पनि पुग्न सक्दछौँ । एक अर्कालाई समाचार लिनेदिने  ,भावना आदान प्रदानका साथै नीति राजनीति जस्ता कुराहरू पनि साक्षर भएर नै जान्न ,बुझन र बुझाउन सकिन्छ ।
“Promoting literacy for world in transition building the foundation for sustainable and peaceful society .”
नाराका साथ यसपाली २०२३ को साक्षरता दिवस मनाइँदै छ । त्यसैले एक साक्षर व्यक्ति बन्नु र बनाउनु हाम्रो दायित्व साथै अनिवार्य कार्य र विचार पनि हो । जीवन लाई सुन्दर ढङ्गमा अघि बढाउन अनि व्यावहारिक रूपमा पनि धेरै कुरा जान्न बुझन  र विकासशील हुन साक्षर बनी साक्षरता प्रतिशतमा वृद्वि हुन जरुरी छ।

अन्त्यमा यस साक्षरता दिवस विश्वभर मनाइँदै गर्दा हामी सम्पूर्ण पनि साक्षर आउँदा पिढीलाई पनि साक्षर बनाउने प्रण गर्नु जरुरी मानिन्छ ।

मीरा बस्नेत
शिक्षक
फ्यूचर स्टार्स हाई स्कुल
जावलाखेल

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

Back to top button