म नेपाली हुँ,
जो गाँस,बाँस अनि कपासकै लागि विदेशीन बाध्य छ
जो विदेशी भुमिमा स्वाभिमान बेच्न बाध्य छ
म नेपाली हुँ,
जो अवसरकै खोजिमा भौतारिएको छ विदेशी गल्लिहरुमा
जो आफ्ना सँग टाढिएको छ सुन्दर भविष्यको खोजिमा ।
मलाई तिमी स्वार्थी नभन ,म रहरले हैन करले विदेशीए,
आफ्नै गाउँठाउँमा केहि गर्ने कोशिस गर्दा बेहिर्नु परेका हार सँग हारेर विदेशीए
म आफ्नै शहरका गल्लिहरुमा जागिरकै लागि भौतारिदा भौतारिदैँ थाकेर विदेशीए
विन्ती मलाई तिमी स्वार्थी नभन ।।
तिमी मलाई सुखको लागि विदेशीएको नभन
म आफ्नो आमाबाका लागि साहारा बन्न विदेशिए
आफ्ना छोराछोरीको किताब कपी किन्ने हैसियत बनाउन विदेशीए
भुकम्पले भत्काएको त्यो घर पुन ठड्याउन विदेशीए
अत म आफ्नाका खुसीका लागि आफ्नै खुसी थाति राखेरै पनि विदेशीए ।
यहाँ नेपालको जस्तो दशैँ आउँदैन
यहाँ दिदीबहिनिको प्रेम झल्काउने तिहार पनि आउँदैन
यहाँ नपाउने केहि छैन भन्छन्
तर खैँ किन हो कुन्नि खुसी किन्न भने पाइदैँन ।।
म चाहन्छु,
मेरा सन्तानले मैले झैँ देश छोड्न नपरोस्
यो तातो हावा चल्ने खाडिमा पसिना रोप्न नपरोस्
शिक्षाकै लागि भनि घर छोड्न नपरोस् ।
मलाई थाहा छैन
म सास लिएर फर्कन्छु कि बाकसमा फर्कन्छु
तर मेरा सन्तानले ज्यानैँ माया मारेर रोजगारीका लागि आकाशमा उड्न नपरोस् श्रम रोप्न नपरोस् ।।
– स्वस्तिका तिमिल्सिना