लेखनकलाविचार

“याे संसारमा कसैले निस्वार्थ माया गर्छ भने त्यो माया गर्ने ब्यक्ति बुवाआमा मात्र हाे”: धन बहादुर खड्का

बुबा भनेकाे परिवारकाे त्यो खम्बा हाे जाे परिवारकाे खुसिकाे लागि रातभरि ज्वरोले सताएर पनि भाेलिपल्ट काममा खट्दछन । परिवारकाे हाैसला नटुटाेस भनेर एकान्तमा बसेर धरधरि रूने गर्दछन। तिम्रो हरेक सपना पूरा गर्छु, तिमी मात्र आट भन्दछन । हामिलाई हिकमतकाे एक रद्दी पनि कम हुन दिदैनन् परिवारकाे खुसीको लागि! बुवा तपाईलाई नसम्झेकाे कुनै पल छैन जब मलाई चाेट लाग्छ त्यो बेला आउने पहिलाे शब्द ” ऐया बा ” हाे । जब म कुनै बेला लड्छु त्याे बेला मलाई त अझै ” एक कदम अगाडि जा बड्न सक्छस् ” भनी हिकमत दिने आमा बुवा हुनुहुन्छ।

याे संसारमा कसैले निस्वार्थ माया गर्छ भने त्यो माया गर्ने ब्यक्ति बुवाआमा मात्र हाे। हामी सबैलाई सुन्दा र पढ्दा अनाैठाे लाग्ला तर बिद्यालयमा शिक्षक पनि भिक्षाकाे आसमा आफ्नो अमुल्य शिक्षा बाडेकाे हुन्छन्। त्यसकारण बुवाआमालाई अथाह माया र हेरचाह गर्नुहाेस “जब उहाँहरू नभएपछि महसुस र कल्पना गर्नुहाेस! उहाँहरू नभएको भए आज संसारमा थाेमस अल्बा ईडिसन, अल्बर्ट आईनसटाईन , लक्ष्मी प्रसाद देवकाेटा, बिलगेट, गाैतम बाैद्ध जस्ता महान पुरूषहरूकाे जन्म हुने थिएन होला। त्यसैले सुरूमा तिताे अनि पछि निकाे हुन्छ। बुवाआमा शब्द, म सम्झिने गर्छु जब हजुरले ढुङ्गा कुट्नु हुन्थयाे अनि मैले आफ्नाे भाग्य चम्केकाे अनुभूति गर्थे। जब म भारी बाेक्छु भन्थे, तपाईले भो नबाेक… ठुला भारीहरु बोक्दा तिम्राे गानाे जान्छ भनेर सम्झाउनु हुन्थियाे। तपाईं मेराे जिवनकाे एक हाैसला हाे। जब म ऐनामा हेर्छु, म आफैलाई देख्छु भन्ने पाठ हाे । त्यसकारण याे संसारमा बुवाकाे जस्तो ठुलाे काध कसैकाे छैन र आमाकाे जस्तो निस्वार्थ माया अरूकाे छैन। सबै बुवाआमा पर्ति मेराे उच्चसमान र भरिपुर्ण अथाह माया !

Source :- Social Driver (Sachdev Chhetri)
Credit :- Dhan Bahadur Khadka (NEB Board Class -12)

साहित्य नेपाल

साहित्य नेपाल एउटा निष्पक्ष साहित्य ब्लग हो । विशेष गरी यस ब्लगलाई हामि बिद्यार्थी समुहले साहित्य क्षेत्रका समाचार, घटना, मनोरञ्जान तथा अन्य विविध पक्षलाई समेट्ने प्रयास गरि बनाएका हो।

सम्बन्धित लेखहरू

Back to top button